21 July ,2026,Tuesday

श्री गहवा माई रथयात्रा सफल बनाउन साथ दिने सम्पूर्ण व्यक्ति,संस्था, सुरक्षाकर्मी,संचारकर्मीप्रति विकास समिति द्वारा धन्यवाद ब्यक्त

अभिलाष गुप्ता
​वीरगंज, ०३ साउन । ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी वीरगञ्जको गौरव तथा सम्पूर्ण मधेश प्रदेशकै जनआस्थाको सर्वोच्च केन्द्र श्री गहवा माई मन्दिरको गरिमालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ आयोजित “श्री गहवा माई चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३” अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरू लाखौँ भक्तजनहरूको उत्साहजनक सहभागिताका साथ अभूतपूर्व एवं ऐतिहासिक रूपमा भव्यताका साथ सम्पन्न भएको छ।

गत असार ३२ गते प्रतिकूल मौसमका कारण पूर्व निर्धारित हेलिकप्टरको आगमन हुन नसके तापनि भक्तजनहरूको अभूतपूर्व उत्साहका साथ ऐतिहासिक चौथो विशाल रथयात्रा, सोही साँझ सम्पन्न भव्य भजन सन्ध्या तथा साउन १ गते माता रानीलाई अर्पण गरिएको ५६ भोग महापूजा र लाखौँ श्रद्धालुहरूले प्रसाद ग्रहण गर्नुभएको विशाल महाप्रसाद भण्डारा शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएका छन्।

​यस ऐतिहासिक सांस्कृतिक महाकुम्भलाई ऐतिहासिक रूपमा सफल बनाउन अहोरात्र खटिनुहुने र अमूल्य सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले हार्दिक आभार प्रकट गर्दै सद्भावपूर्ण धन्यवाद ज्ञापन गरेको छ।

विशेष गरी रथयात्रा मार्गको संवेदनशीलतालाई बुझी सडक मार्ग सुगम बनाउन सहयोग गरिदिने सडक डिभिजन कार्यालय, शान्ति सुरक्षा तथा चुस्त व्यवस्थापनमा सहयोग पुर्याउने जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा वीरगञ्ज महानगरपालिकाप्रति समितिले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।​यसैगरी, उत्सवको देश–विदेशमा व्यापक प्रचार–प्रसार, समाचार सम्प्रेषण तथा प्रत्यक्ष प्रसारण (Live) गरी आम जनमानस र भक्तजनहरूमाझ पुर्याउन अहोरात्र खटिनुहुने नेपाल पत्रकार महासंघ पर्सा आबद्ध सम्पूर्ण पत्रकार मित्रहरू, सञ्चारमाध्यमहरू, डिजिटल मिडियाकर्मी तथा राष्ट्रिय एवं स्थानीय सञ्चार गृहहरू प्रति समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ।

रथयात्रा मार्गमा श्रद्धालु भक्तजनहरूका लागि खानेपानी, सर्वत, प्राथमिक उपचार लगायतका सेवामूलक कार्यहरू गरी सहयोग पुर्याउने वीरगञ्जका सम्पूर्ण सामाजिक, धार्मिक, जातीय, साहित्यिक एवं व्यावसायिक संघ–संस्थाहरू, बुद्धिजीवी, भद्रभलाद्मी, रात–दिन खटिने जुझारु स्वयम्सेवक साथीहरू तथा मन्दिर प्राङ्गणमा कलश, तोरण र दीप प्रज्वलन गरी माताको भव्य स्वागत गर्ने मर्यादित नागरिक समाज एवं समस्त वीरगञ्ज नगरवासीहरू प्रति पनि समिति नतमस्तक भएको छ।

​श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल र सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) द्वारा जारी गरिएको यस विज्ञप्तिमा यहाँहरूको निःस्वार्थ सेवाभाव र सामाजिक ऐक्यबद्धता बिना यो महापर्व सम्पन्न हुन सम्भव नरहेको कुरा उल्लेख गरिएको छ।

अन्त्यमा, यस ऐतिहासिक महोत्सवलाई भव्यताका साथ सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग, समर्थन र सद्भाव दर्शाउनुहुने देश–विदेशका सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा माता गहवा माईको असीम कृपा र आशीर्वाद सदैव बनिरहोस् भन्दै समितिले पुनः एकपटक हृदयदेखि नै हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...