21 July ,2026,Tuesday

६४ औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगंजकाे क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

वीरगंज, ०३ साउन । नेपाल इन्जिनियर्स एशोसिएसन (NEA), वीरगंज केन्द्रको आयोजनामा ६४ औँ इन्जिनियर्स डे को अवसरमा BIT Engineering College, वीरगञ्ज–१४, पर्सामा नेशनल मेडिकल कलेज, वीरगंजकाे क्लिनिकल सहयोगमा “मानसिक स्वास्थ्य” विषयक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगंज केन्द्रका अध्यक्ष ई. प्रियांशु कुमार गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा एशोसिएसनका कोषाध्यक्ष ई. इकबाल हुसेनको समन्वयमा इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।नेशनल मेडिकल कलेज, वीरगंजका तर्फबाट क्लिनिकल साइकोलोजिस्ट – सन्देश सावन्तले विशेषज्ञ व्यक्तिका रूपमा सहजीकरण गर्दै मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रभावकारी प्रस्तुति दिनुभएको थियो। साथै, सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विविध जिज्ञासाहरू राख्दै आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।

नेशनल मेडिकल कलेज, वीरगंजले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...