31 July ,2026,Friday

रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

अभिलाष गुप्ता
वीरगंज, १५ साउन  । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गत सञ्चालन भइरहेको रोटरी कृत्रिम हात परियोजना मार्फत निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरबाट सञ्चालन भइरहेको यस सेवाअन्तर्गत हालसम्म ११ सय भन्दा बढी कृत्रिम हात तथा खुट्टा वितरण गरिएको केन्द्रले जनाएको छ। कार्यक्रमका क्रममा परियोजनाका संयोजक डा. शाश्वत प्रसादले भने, सन् २०२१ देखि सञ्चालनमा आएको यस परियोजनामार्फत पाँच वर्षको अवधिमा ११०० भन्दा बढी बिरामीलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकिएको छ।

बिहीबार सम्पन्न कार्यक्रममा पाल्पा तथा पोखरा क्षेत्रबाट आएका चार जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।सेवा प्राप्त गर्नेमध्ये पूर्व भारतीय सेनाका दिलबहादुर बुढाथोकीले भारत–पाकिस्तान सीमामा ड्युटीका क्रममा एम्बुस (घात) मा परेर आफ्नो खुट्टा गुमाएको बताए। त्यस्तै, वसन्तबहादुरले दुर्घटनामा खुट्टा गुमाएका हुन् भने माधव डिसाले दुर्घटनाका कारण हात गुमाएका थिए। अर्का लाभग्राही रुकबहादुरले पनि दुर्घटनामा खुट्टा गुमाएका थिए। कृत्रिम हात तथा खुट्टा निःशुल्क प्राप्त गरेपछि चारै जनाले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रम रोटरी क्लब अफ वीरगंजका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरीलगायत अन्य रोटेरियनहरूको विशेष उपस्थिति रहेको थियो।

रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूलाई पुनः सामान्य जीवनयापनमा फर्काउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...