21 November ,2025,Friday

बरु सरकार छाड्छु,भ्रष्टाचार विरुद्धको अभियान छाड्दिनँ :अध्यक्ष दाहाल

साउन १७,२०८० बुधबार काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राम्रा काम गरे पनि सरकार र आफूमाथि घेराबन्दीको प्रयास जारी रहेको बताएका छन्।

काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार विरुद्धको अभियान चाल्दा सरकार माथि घेरा बन्दी भए वा आफूलाई हटाउन खोजे त्यो स्वीकार्य हुने बताए।

बैठकमा उनले भने,सरकार छाड्नु परे छाड्न तयार छु।तर भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन।दाहालले गठबन्धनमा आबद्ध दलहरू बीच कुनै विमत्ति नरहेको प्रष्ट पारे। बरु सरकार थप बलियो हुँदै गएको उनको भनाइ छ।

उनले पार्टी पार्टीजस्तो नभएको गुनासो गर्दै पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ। तर, पार्टी पार्टीजस्तो भइराखेको छैन। कम्युनिष्ट पार्टीको पुनस्निर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर,जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु, उनले भने।

माओवादीले केन्द्रले आफ्नो विधान संशोधन गर्दै केन्द्रीय समितिको संख्यासमेत बढाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...