11 August ,2026,Tuesday

ट्राफिक सचेतना नै सडक दुर्घटना न्यूनीकरणको महत्वपूर्ण आधार हो : वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुन सोडारी

अभिलाष गुप्ता
वीरगंज, २६ साउन। मिनी ल्याण्ड स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। एलाईड युथ सोसाइटी वीरगंजकाे आयोजनामा विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुनप्रसाद सोडारीले विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। ट्राफिक सचेतना नै सडक दुर्घटना न्यूनीकरणको महत्वपूर्ण आधार हो।उहाँले सडकमा हिँड्दा तथा सवारीसाधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतको पालना, हेल्मेटको प्रयोग, तीव्र गतिमा सवारी नचलाउने लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभएको थियो।सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी उमेरदेखि नै ट्राफिक नियमबारे सचेत हुनुपर्नेमा जोड दिँदै सोडारीले आफूले सिकेका कुरा परिवार तथा साथीभाइसम्म पुर्‍याउन पनि विद्यार्थीलाई आग्रह गर्नुभयो।

कार्यक्रम एलाईड युथ सोसाइटीका आयुष गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सोसाइटीका टिम बोर्ड सदस्य अभिमन्यु झाको उपस्थिति रहेको थियो भने एलाईड युथ सोसाइटीका संस्थापक ओमकुमार झाको विशेष उपस्थिति रहेको थियो।विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विद्यार्थीमा सडक सुरक्षा र जिम्मेवार यातायात व्यवहारसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

एलाई युथ सोसाइटी वीरगञ्जले आगामी दिनमा पनि युवामाझ सचेतनामूलक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...