28 June ,2025,Saturday

बिन्दबासिनी गाँउपालिकाको १३औं गाउँ सभा सम्पन्न,३१ करोड बजेट पारित

२१ श्रावण २०८०,आईतवार

वीरगन्ज —पर्साको बिन्दबासिनी गाँउपालिकाले १३ औं गाउँ सभाबाट आर्थिक बर्ष २०८०-०८१ का लागी नीति तथा कार्यक्रमबाट ३१ करोड ३ लाख ३४ हजारको अनुमानित बजेट पारित गरेको छ ।

गाउँपालिकाको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए ।

बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष तिवारीले बताए ।

आगामी आवको निति अन्तर्गत बिन्दबासिनी गाँउपालिकामा कृषि ,सिचाई तर्फ बिषेश बजेट राखिएको छ । कृषि भएमा शिक्षा र स्वास्थय लगायत अन्य बिकास समभव रहेको बताए ।

सबै भन्दा पहिला किसानहरु लागि कृषि पोल तार जडानको साथै कृषि मीटर निशुल्क बितरण कार्यक्रम राखिएको छ । शिक्षा,स्वास्थ्य,पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको गापा अध्यक्ष तिवारीले जनाए । गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन ।

    एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक,जाती,धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन ।

बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन । भने मुख्य नीति २ वटा विद्यालय सञ्चालन,१ वटा बर्थिङ सेन्टर सञ्चालन र कृषि मीटरको महशुल निशुल्क गरिने अध्यक्ष तिवारीले बताए ।

यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा,गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने बताए । साथै एमबिबिएस अध्ययन छात्रवृत्ति,निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिइएको अध्यक्ष तिवारीले बताए । साथै सिंचाई व्यवस्थापन,खानेपानी ट्यांकीलाई सञ्चालनमा ल्याउने नीति रहेको उनले बताए ।

२०८० र ८१ को लागि वित्तीय हस्तान्तरण नेपाल सरकार २९,३७,६४,८००।००,वित्तीय हस्तान्तरण प्रदेश सरकार ६५,००,०००।००,आन्तरिक राजस्व गत आव मौज्दात १,००,७०,०००।००,व्यय तर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना २,८३,००,००० ।०० वडास्तरीय आयोजना ३,७५,००,०००।०० गत आवको दायित्व, विषयगत शाखागत बजेट,विभिन्न कोषहरू समेत ४,८०,७०,०००।०० सशर्त अनुदान १२,५१,००,०००।०० प्रशासनिक,चालु खर्चहरू,तलब भत्ता समेत ७,१३,६४,८००।०० गरि ३१ करोड ३० लाख ३४ हजार बराबरको बजेट पारित गरि सार्वजनिकरण गरिएको छ ।

गाउँ सभा कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राकेश ओझा, वडाध्यक्ष अछेलाल महतो,मुक्ति राउत कुर्मी,जयप्रकाश चौरसिया,अनोज कुमार चौरसिया,मोहन यादव, कार्यपालिका सदस्य,वडा सदस्य लगायतले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य,महिला सदस्य,पुरुषसदस्य,पत्रकार,सुरक्षाकर्मी,कर्मचारी लगायतको उपस्थिति रहेका थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...