28 June ,2025,Saturday

गिरिजा प्रसाद र प्रचण्डका सम्पर्क सुत्रधार थिए कीर्तेमा पक्राउ परेका सांसद शर्मा

२५ श्रावण २०८०,बिहीबार

काठमाडौँ । कांग्रेस र माओवादी दुवै पार्टीसँग निकट सम्बन्धमा रहेका सांसद सुनिल शर्मा ती दुवै पार्टी सम्मेलित सरकार भएकै बेला बिहीबार पक्राउ परेका छन्।

कांग्रेस माओवादीकै आडमा मेडिकल कलेज सञ्चालनमा छलाङ हानेका शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र अभियोगमा दुई दल सम्मेलित सरकारलेनै बिहीबार समात्यो।

शर्मा दुई दलसँग निकट मात्रै नभइ तत्कालीन समयमा गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डलाई सम्पर्क गराउने सम्पर्क सुत्रसमेत रहेको पाइएको छ।

राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासनसत्ता आफ्नो हातमा लिए पछि तत्कालीन कांग्रेस र एमालेसहित मुलधारका दलहरु किनारामा पुगे। त्यस पछि कांग्रेस–एमाले सशस्त्र आन्दोलन गरिरहेको माओवादीलाई समेत साथमा लिएर अघि बढ्ने तयारीमा जुटे। उता सशस्त्र आन्दोलन बाट सत्तामा पुग्न नसक्ने आँकल गरिरहेको माओवादी पनि कुनै न कुनै रुपमा एमाले–कांग्रेस सँग मिलेर अघि बढ्न चाहन्थ्यो।

त्यस्तो बेला तत्कालीन कांग्रेस सभापति गरिजाप्रसाद कोइला र माओवादी नेतृत्वबीच कुरा गराउने सम्पर्क सुत्रका रुपमा काम गरेका थिए कीर्ते शैक्षिक प्रमाणपत्रमा पक्राउ परेका सांसद एवं मेडिकल कलेज सञ्चालक सुनिल शर्माले।

कोइराला परिवार र गिरिजाप्रसादसँग ज्यादै नजिकको सम्बन्ध भएका शर्माले माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु सँग सम्पर्क गराउन भूमिका खेलेको एक पूर्वगृहमन्त्रीले बताए।

ती पूर्वगृहमन्त्रीले भने, गिरिजाबाबु लाई प्रचण्ड सँग कुरा गराउन सुनिलले धेरैपटक आफ्नो फोन दिनुभयो। उहाँहरु बीच कुरा गराएर राजनीतिक कोर्ष फेर्न उहाँले भित्री रुपमा सहयोग गर्नुभएको थियो।’

सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निकरण बज्राचार्यका अनुसार शर्मालाई एइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर उच्च शिक्षा हासिल गरेको अभियोगमा पक्राउ गरिएको हो।

सभामुख देवराज घिमिरेलाई सांसद शर्मा पक्राउको जानकारी दिँदै बज्राचार्यले भनेकी छन्, ‘भारतीय नक्कली प्रमाण पत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा संचालन गर्ने दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भएको पाइएकोले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल,बाँसबारी बाट सूचना प्राप्त भएको र यसैगरी शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी, भक्तपुरको च नं १ मिति २०७९ र ०४ र०५ गतेको पत्रबाट १९९६ सालमा तहको सुनिल कुमार शर्माको कैफियतमा अपुष्ट भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले‘।’

यही कसुरमा शर्मामाथि २०७३ सालमै सिआइवीले अनुसन्धान थाले पनि बीचमै रोकिएको थियो। त्यसबेला उनलाई पक्राउ गर्न खोज्दा भागेर जापान पुगेको सुरक्षा स्रोतको दाबी छ।

फर्किएर आएपछि राजनीतिक पहुँचका आधारमा उनले आफ्नो केस निष्क्रिय बनाउन सफल भएका थिए। साउन ३ गते सय किलो सुन समातिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतको संलग्नता रहेको दाबी गर्दै उनले संसदबाटै राजीनामा माग गरेका थिए।

उनीहरुमाथि अनुसन्धान नभए सदनमै अनशन बस्ने चेतावनी दिएका शर्माको केस श्रेष्ठ र महतकै दबाबमा ब्यूँत्याइएको चर्चा सुरु भएको छ। सिआइबीले नियन्त्रणमा लिएपछि सरकारको विरोध गर्दै उनले भने,‘उत्तरकोरियाको राज्यसत्ता द्वारा गिरफ्तार सुनिल शर्मा, आइएम हेप्पी।’

उनी कांग्रेसमा शेखर कोइरालानिकट छन्। कोइरालाकै जोडबलमा मोरङ ३ मा टिकट पाएर गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचित भएका हुन्।

तीनवटा मेडिकल कलेजका सञ्चालक
हाल तीनवटा मेडिकल कलेजको सञ्चालक रहेका शर्मा त्यस क्षेत्रमा बद्नाम पात्र हुन्। सुरुमा विराटनगरको नोबेल मेडिकल कलेजमा ५ प्रतिशत शेयर खरिद गरेर मेडिकल कलेज क्षेत्रमा प्रवेश गरेका शर्माले एकैवर्ष दुईवटा मेडिकल कलेज समेत खरिद गरेका थिए। राजनीतिक पहुँचका कारण उनले चिकित्सा शिक्षा क्षेत्रको नीति निर्माण तहमै प्रत्यक्ष हस्तक्षेप गरेर आफू अनुकूल निर्णय सामर्थ्य राख्छन्।

विराटनगरको मेडिकल कलेज चलाउने सम्बन्धन नपाएर छटपटिएका डा। ज्ञानेन्द्र गिरीसहितका लगानीकर्ताले शर्मालाई जम्मा पाँच प्रतिशत शेयर दिएर भित्र्याएका थिए। राजनीतिक पहुँच भएका शर्मा भित्र्याउँदा कलेज सञ्चालको इजाजत पाउन सजिलो हुने सुरुका लगानी कर्ताहरुको बुझाइ थियो। भनेअनुसार शर्माले नोबेललाई इजाजत दिलाए।

तर अन्तिममा उनले कलेजको सम्पूर्ण स्वामित्व नै आफैले हत्याए। कलेजको स्वामित्व लिने बेलामा उनले जालझेल गरेको र गिरीलाई माओवादीको सहयोगमा अपहरण गरेको आरोप लाग्दै आएको छ।

नोबेलको स्वामित्व हत्याएका शर्माले इजाजत नपाएर अड्केको काठमाडौँ मेडिकल कलेज केएमसी २०७८ साल भदौमा खरिद गरे। केएमसीको ४७ प्रतिशत शेयर खरिद गर्न उनले एक अर्ब ७० करोड खर्चेका थिए। त्यसपछि शर्मा आफै केएमसीको अध्यक्ष बने। केएमसी किनेको एक वर्ष पूरा नहुँदै उनले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत शेयर झण्डै एक अर्बमा किनेको सूचना त्यसबेला बाहिरिएको थियो।

शर्माविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ।अकुत आर्जन र कर छलेको आरोपमा २०७६ मंसिरमा विभागले नोबेलमा छापा हानेको थियो। तर अहिले सम्म अनुसन्धान सकेर विभागले मुद्दा दर्ता गरेको छैन। साभार– देश सञ्चार

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...