28 June ,2025,Saturday

केपी ओलीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

२८ श्रावण २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याए ।

जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अप्ठयारो लाग्नुपर्ने होइन ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो ।

उनले भने,‘प्रधानमन्त्री पनि यति अयोग्य,यति नालायक,यति भ्रष्ट सरकारको,यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफठ्यारो हुनुपर्ने हो।उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री,अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई रु यो ठूलो आश्चर्यको विषय हो। त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो। जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर,राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन’

ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भीर भएर अघि बढ्नु पर्ने समेत बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...