spot_img

11 March ,2026,Wednesday

भदौ १६ गतेदेखि एमालेको प्रदेश अधिवेशन,कम्तिमा एक तिहाई युवा अनिवार्य हुनुपर्ने

 

२९ श्रावण २०८०

काठमाडौँ । नेकपा एमाले ले प्रदेश अधिवेशनको मिति तोकेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो।

पार्टीका उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ। त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। उपमहासचिव ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए।

उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु रहनुपर्नेछ। त्यस्तै बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय पनि पार्टीले गरेको छ।

उनले भने,‘बैठकले प्रदेश अधिवेशनका मिति तय गरेको छ। जसमा भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा असोज ५ र ६ गते मधेस प्रदेश,८ र ९ मा वागमती प्रदेश, १०,११ कर्णाली प्रदेश, १२,१३ गते कोशी प्रदेश,१५,१६ गते गण्डकी प्रदेश, १९,२० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्नेछौँ। यो अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुनेछ। पालिकाबाट प्रतिनिधिहरुको निर्वाचन हुनेछ। ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ। वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्नेछ। पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु हुनुपर्नेछ । बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय गरिएको छ।’ साभार–नागरिक न्यूज

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल