28 June ,2025,Saturday

गर्मीका कारण कलैयाका विद्यालय बन्द

बारा, १८ जेठ

बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले एक विज्ञप्तिमार्फत बिदाको जानकारी गराउनुभएको हो ।

गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको प्रमुख साहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।”

तराई–मधेसका जिल्लामा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो । कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको शिक्षा शाखा प्रमुख वर्णवालले बताउनुभयो ।

तातो हावा (लु) चलिरहेको हँुदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको बारागढी गाउँपालिका–४ का श्रीचन्द्र साहले बताउनुभयो ।

अहिले सडकपेटी, हाटबजारलगायत स्थान प्रायः सुनसान देखिएका छन् । विद्यालय यही जेठ १९ देखि बन्द भई जेठ २५ गते खुल्ने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

बेइजिङ, १८ जेठ ( रासस÷एएनआई) ः कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक...