4 July ,2025,Friday

अबैध रुपमा संचालित २ वटा कलेजमा महानगरद्वारा सिलबन्दी

भदौ १८,२०८०

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैध रूपले कब्जा जमाएको अन्नपूर्ण कलेजमा सिलबन्दी गरिएको छ ।
कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवन माथि कब्जा जमाएको पाए पछि महानगरले कलेजमा सिलबन्दी गरेको हो ।

जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारको नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्यद्वारमा सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए ।

त्यस्तै महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिलबन्दी गरेको छ ।युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाए पछि महानगरले सिलबन्दी गरेको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

यस अघि भदौ १३ गते पनि वीरगंज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगञ्ज स्कूल अफ ल,इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो ।

अनुगमन समितिमा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया,शिक्षा महाशाखाका अधिकृत सिर्जना बुढाथोकी,महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल,नगर प्रहरी इन्चार्ज हरि भुषाल,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...