10 December ,2025,Wednesday

वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउ महानगरले काम गरिरहेको छ : मेयर सिंह

भदौ १९,२०८०

वीरगंज १९ भदौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक नगरीका रुपमा परिचित वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि महानगरपालिकाले कामपनि गरीरहेको मेयर सिंहको भनाई छ ।

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्टका संस्थापक एंव अध्यक्ष डा. जगत शाहसँग वीरगन्जमा भएको भेटवार्ताका क्रममा मेयर सिंहले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा पनि राखे । औद्योगिक एंव आर्थिक नगरी वीरगन्जमा डा.शाहलाई स्वागत गर्दै मेयर सिंहले समृद्धि र विकासका लागि आर्थिक,भौतिक एंव नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको पनि बताए ।

त्यस अवसरमा डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न मेयर सिंहसंग आग्रह गरे । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गराउदै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर,उद्योगपति अशोक बैद्य,भारतीय महावाणिज्य दूतावासका कर्मचारी लगायतको पनि उपस्थिती थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...