21 November ,2025,Friday

सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे,ट्याक्सी–वे तथा एप्रोन (पार्किङ)निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।जसामा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो ।

सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तारबार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रूपैयाँ छुट्याइएको प्राधिकिरणका प्रवक्ता जगन्नथ निरौलाले जानकारी दिए । प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/०८० मा भने १० करोड १६ लाख ४१ हजार रूपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड,धनगढी विमानस्थलका लागि १ करोड २० लाख,मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार,इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रूपैयाँ छुट्याइएको प्राधिकरणले जनाएको छ।

त्यस्तै,महेन्द्रनगर विमानस्थलका लागि ९ करोड ७६ लाख ९९ हजार रूपैयाँ,चितवनको मेघौली विमानस्थलका लागि १ करोड ९ लाख रूपैयाँ,रूकुमको चौरजहारी विमानस्थलका लागि २२ करोड १२ लाख रूपैयाँ छुट्याइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...