6 November ,2025,Thursday

एक करोड ३० लाखभन्दा बढीको सामानसहित चार वटा ट्रक नियन्त्रणमा

वीरगंज । प्रहरीले बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामान सहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ।
बिहीवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाडौं सहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।
वीरगंज बाट काठमाडौ जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा ३५ लाख २७ हजार ४७४,बा.४.ख ११२५ नम्बरको ट्रकमा ३६ लाख ६२ हजार ९७२,रूपन्देही तर्फ जाँदै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा २४ लाख ९९ हजार ५७९ र ना.६ ख ३०२४ नम्बरको ट्रकमा ३४ लाख ९५ हजार मूल्य बराबरको सामान लोड रहेको पाइएको थियो।
ती सामानको स्रोत खुलाउन नसक्दा ट्रकसहित सामान नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...