13 January ,2026,Tuesday

सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठकको माग

वीरगंज, २५ कात्तिक । पर्साको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नगरपालिकाको कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्।

कात्तिक २२ गते नगर कार्यपालिकाको बैठक बस्नु अघि वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेकाले कलवारलाई कारबाहीको माग गरेका हुन्।बिहीबार पत्रकार सम्मेलन गरेर उक्त घटनाप्रति खेद प्रकट गर्दै मेयर पाठकले नगरपालिकाको सभाहलका तीन थान सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्ष कलवारलाई कानुन अनुसार कारबाही गर्न माग गरे।

 

मेयर पाठकले बुधबार बिहान ८ बजे बोलाइएको कार्यपालिकाको बैठक डेढ घण्टा ढिलो सञ्चालन भएको र नगरपालिकाको सभाहलमा रहेका तीन थान सिसिटिभी क्यामरा तोडफोड गरिएको कुरा कार्यपालिका सदस्यहरूबाट दिउँसो २ बजेमात्र थाहा पाएको उनले बताए ।

उनले वडाध्यक्ष कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेको फुटेज रेकर्डबाट देखिएको दाबी गर्दै उनीमाथि मुलुकी अपराध संहिता अनुसार कारबाहीको लागि प्रहरी र प्रशासनमा लेखी पठाउने निर्णय भएको बताए।

पत्रकार सम्मेलनमा मेयर पाठकले सिसिटिभी क्यामरा तोडफोड गर्नुको उद्देश्य बैठकमा अमर्यादित गतिविधि गर्नु रहेको बताए । आरोपित कलवार स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

पत्रकार सम्मेलनमा उपमेयर पूजा चौधरी, वडाध्यक्षद्वय राजकपूर खवास र वीरेन्द्र महतो, कार्यपालिका सदस्यहरू सीतादेवी लामा, सविता गिरी, मोहनलाल महतो, दिलबहादुर भुजेल लगायत सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल