4 July ,2025,Friday

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज, ७ मंसिर । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैँले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो।

बिहीबार महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गर्नुहुँदै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगरले गर्ने बताए ।

रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरि आवश्यक काम अघि बढाउन उनले मातहतका कर्मचारिलाई निर्देशन समेत दिए।‘मुख्य मैदानलाई असर नपर्ने गरी अभ्यासका लागि नजिकैको दक्षिण तर्फ रहेको खाली ठाउँमा छुट्टै पीच बनाउन काम अघि बढाउनुस’, उनले भने, ‘मुख्य मैदान प्रतियोगिताका लागि मात्रै प्रयोगमा ल्याऔँ ।’

महानगरको योजना प्रमुख तथा प्राविधिक सल्लाहकार सहित निरीक्षणमा पुगेका मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिए।

नारायणी रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन । अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।
त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले रंगशालाको स्तरोन्नतीका लागि महानगर अघि बढ्नु खुःसीको कुरा रहेको भन्दै यसले खेल क्षेत्रको भविष्य उज्वल रहेको देखाएको बताए। ‘महानगरले क्रिकेट रंगशाला व्यवस्थित गर्ने गरि महानगरले अभिभावकत्व लिएकाले खेलाडीहरुमा उत्साह थपिएको छ’, उनले भने, ‘वीरगन्ज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने स्थल रहेकाले त्यसलाई जोगाउन पनि यो रंगशाला व्यवस्थित हुन जरुरी छ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो करियर यही रंगशालाबाट सुरुवात भएको बताउँदै उनले रंगशालाको स्तरोन्नतीका लागि महानगरले योजना अघि बढाएको सुन्दा आफूहरुमा उत्साह थपिएको बताए।

महानगरले यस अघि आदर्शनगर रंगशाला स्तरोन्नती गर्दै यहाँका खेलाडीहरुको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

अनुगमनमा महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, योजना प्रमुख अवधेस कुशवाहा, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...