21 November ,2025,Friday

मुस्लिम रितिरिवाज अनुसार गरियो पत्रकार नेहाल खानको अन्त्येष्टि

वीरगंज, २४ फागुन । उपचारका क्रममा बुधबारराति निधन भएका वीरगंजका पत्रकार नेहाल खानको बिहीबार मुस्लिम धर्म परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

नेपाल टेलिभिजनको पर्सा संवाददाता तथा नेपाल पत्रकार पत्रकार महासंघका सदस्य खानको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबारराति निधन भएको थियो । करिब दुई दशकदेखि सकृय पत्रकारीतामा रहेका खान लामो समयददेखि छाती र फोक्सोको समस्याबाट पिडित थिए ।

बिहीबार दिउँसो २ बजेतिर वीरगंज ३ पानीटंकी स्थित कब्रस्तानमा खानको मुस्लिम धर्मपरम्परा र रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो। त्यसअघि उनको शवमा नेपाल पत्रकार महासंघ , प्रेस चौतारी नेपाल र नेपाल मुस्लिम पत्रकार समाजको झण्डा ओढाएर पत्रकार संघसंगठनका नेताहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

खानको अन्त्येष्टिमा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, नेपाल मुस्लिम पत्रकार समाज पर्साका अध्यक्ष मन्सुर खान लगायतका पर्सेली सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...