20 December ,2025,Saturday

भिस्वा होटलको क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ

वीरगंज ७ चैत्र । वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा रहेकोे होटल भिस्वामा सञ्चालित सिएमजी क्लब क्यासिनोमा प्रहरीले छापा मारेर चारजना नेपालीलाई पक्राउ गरेको छ।

मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको अपराध अनुसन्धानको टोलीले भिस्वा होटलको क्यासिनोमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा क्यासिनोका मार्केटिङ म्यानेजर वीरगंज – ११ का ३४ बर्षिय उमेश कार्की, क्यासिनोका फ्लास मनिटर वीरगंज – १६ का ३४ बर्षिय पप्पु सिंह, क्यासिनोका सुरक्षा गार्ड वीरगंज – १५ का ३२ बर्षिय प्रताप लामा र क्यासिनोमा जुवा खेलिरहेका वीरगंज – १६ का ४० बर्षिय सुरज कुमार कलवार रहेका छन् ।

क्यासिनोमा अनाधिकृत रुपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

थापाका अनुसार, क्यासिनोमा प्रहरीको टोली पुग्दा त्यहाँका कर्मचारीले प्रहरीसंग वादविवाद गरेर भित्र छिर्न अवरोध गरेपछि क्यासिनोमा छिरेर प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल