1 July ,2025,Tuesday

पर्साका सांसद प्रदीप यादव बने स्वास्थ्यमन्त्री, लिए राष्ट्रपतिबाट शपथ

वीरगंज, ३१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले शपथ लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त प्रदीप यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ राष्ट्रपति राम चन्द्र पौडेलले शपथ खुवाएका हुन् । स्वास्थ्यमन्त्रीमा नियुक्त यादव, पर्सा क्षेत्र नम्बर १ का सांसद तथा जसपाका उपमहासचिव हुन् । यादव, यसअघि पूर्व वनमन्त्री भइसकेका थिए ।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका छन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायतकोपनि उपस्थिती थियो ।

सोमबार दिउँसो, जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई पठाएको थियो । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने र तत्कालका लागि उनलाई विना विभागीयमन्त्रीको जिम्मा दिने तयारी छ ।जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री रहेका छन् ।

जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिदै सरकारबाट बाहिएका थिए ।

१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला वैशाख २३ गते विभाजित भएको थियो । ७ सांसदसहित अशोक राई नेतृत्वको जसपालाई वैशाख २४ गते नै निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अब संसदमा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...