19 December ,2025,Friday

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

वीरगंज, ३१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना पक्राउ परेका छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट आइतबार साँझ काठमाडौं उत्रिएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टीसर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको छ ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट नजिक आइसकेका उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल