15 December ,2025,Monday

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन जोगाउन माग गरेका छन् ।
रामवनमा चिडियाखाना बनाउनको लागि बस्ती हटाउन जिल्ला वन कार्यालयले पन्ध्र दिने सूचना जारी गरेपछि आज नेपाली कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षत्री, नेकपा एमाले अध्यक्ष डा बिश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, जसपा पर्सा सचिब तब्रेज आलम, नेकपा एसका मनोज चौधरीलगायतले प्रजिअ भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए ।
यस अघि सर्वदलिय टोलीले रामबनमा रहेको बस्तीको भ्रमण समेत गरेका थिए । भ्रमण पश्चात सर्बदलिय टोलीले बस्ती बचाएर पनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानवबस्ती बचाएर बिकास निर्माण लाई अघि बढाउन अनुरोध गरिएको सर्वदलिय टोलीमा सम्मिलित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।