19 December ,2025,Friday

मधेश तेश्रो आँखा दैनिक पत्रिकाको बार्षिक उत्सव सम्पन्न

वीरगंज, १२ साउन । मधेश तेस्रो आँखा दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव आज वीरगंजमा सम्पन्न भएको छ । पत्रिकाका संचालक मुनेश लायो मगरको अध्यक्षता र जगरनाथपुर गाँउपालिकाका प्रमुख श्रीकान्त यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल सौन्र्दयकर्मी युनियन मधेश प्रदेशका अध्यक्ष ओमकुमारी शर्मा, संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई, पर्साका अध्यक्ष दिपक गौतम, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आतिथीहरुले आर्थिक मन्दीको बेला पनि दैनिक पत्रिका प्रकाशन गर्नु निकै चुुनौती पूर्ण रहेको बताएका थिए । पछिल्लो समय निष्पक्ष पत्रकारितामा प्रश्न खडा भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका थिए । प्रिन्ट मिडियालाई अनलाईन मिडियाले चुनौती दिईरहेको बेला पत्रिकाले पाठकको चाहना अनुसारको कन्टेन्ट दिनुपर्ने धारणा राखेका थिए ।

पछिल्लो समय केहि पत्रकारले एक पक्षिय ढङ्गले समाचार लेखेर सिंगो पत्रकारिता जगतलाई बदनमा गर्ने काम गरेकोमा चिन्तामा व्यक्त गरेका थिए ।

सो अवसरमा पत्रकार र पत्रिका व्यवस्थापनमा पालिकाले सक्दो सहयोग गर्ने उपस्थिती पालिका अध्यक्षले प्रतिवद्धता समेत गरेका थिए। कार्यक्रम क्लासिक वैंकक्युटमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सुर्यशुभचिन्तकले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल