18 December ,2025,Thursday

बालसुधार केन्द्र पर्सामा घुम्ती स्वास्थ्य शिविर द्वारा स्वास्थ्य परिक्षण

वीरगंज, २१ साउन । वीरगंज महानगरपालिका बिर्ता वडा नं.०४ बाल सुधार गृहको प्रांगणमा घुम्ती स्वास्थ्य शिविर द्वारा स्वास्थ्य परिक्षण गरीएको छ । आज मिती २०८१–०४–२१ गते सोबार बिहान ०८ः३० बजे स्वास्थ शिविर आरम्भ गरिएको थियो । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, नेशनल मेडिकल कलेज बिरगंज पर्सा, सामुदायिक आँखा अस्पताल बिरगंज पर्सा र रँगुटा वेलफेयर सोसाइटी बिरगंज पर्साको सयुक्त पहलमा घुम्ती स्वास्थ्य सिविर कार्यक्रमको अयोजना गरीएको ग्रीन सिटी सामुदायीक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारीहरुको उपस्थितीमा १२५ जना थुनुवा कैदीहरुलाई उपचार गरी कार्यक्रम सु–सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरिक्षक कुमोध ढुंगोल, प्रहरी निरीक्षक पुष्कर बोगटी, प्रहरी निरीक्षक निता थाप,नेशनल मेडिकल कलेजका डाईरेक्टर डा. इसरत जहान, वानका प्रदेश अध्यक्ष आशिक अंसारी, पत्रकार माहासंघ पर्साकि उपाध्यक्ष सुस्मा शर्मा, सामुदायिक आँखा अस्पताल बिरगंजका डा.महेश सिंह धामी, नेशनल मेडिकल कलेज बिरगंजका बालरोग बिशेषग्य डा.असफाक अंसारी, डा सुधाकर झा, नेशनल मेडिकल कलेजका मेटरन बिकास कुमार गुप्ता, नेशनल मेडिकल कलेजका प्रबह बिबेक राउत कुर्मी ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र,ईन्चार्ज र प्रज अम्मर सिंह साउद, लगायत विशिष्ट अतिथीहरुको स्वास्थ शिविरमा उपस्थिती एवम् सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल