spot_img

20 March ,2026,Friday

प्रतीक दैनिकको वार्षिकोत्सवमा सम्मान कार्यक्रम

वीरगंज, २ भदौ । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा पत्रकार, स्तम्भकार, कर्मचारीहरूलाई सम्मानित गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उनलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा १५ हजार राशीबाट पुरस्कृत भएका छन् । साथै, स्तम्भकार कुमार रूपाखेती १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तौरेत हवारी पाँच हजार राशीसहित पुरस्कृत भएका छन् ।
प्रतिक दैनिकका सम्पादक जगदिश शर्माको अध्यक्षतामा वीरगञ्जको लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिती रहेको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल