12 August ,2026,Wednesday

गाउँलेसँग कुखुरा, हाँस मागेरर चौकीमा पकाएर खाने पुलिस

वीरगंज, ११ भदौ । प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक रामबाबू यादवको कारण पर्सा प्रहरीको बदनामी भइरहेको गाउँलेले बताएका छन् ।
प्रहरी चौकी इन्चार्जका रूपमा डेढ महीना अघि सरुवा भएर आएका यादवले प्रहरीको बर्दीको रवाफ देखाएर स्थानीय जनतालाई त्रसित बनाएको गाउँलेको आरोप छ ।
उनले सो भेगका हुनेखाने केही स्थानीयसँग माछा, मासु, खाद्यान्न र अन्य उपभोग्य वस्तुको माग गरेको आरोप पनि छ । प्रसनि यादवले गाउँलेसँग हाँस र कुखुरा माग्ने र चौकीमा पकाएर खाने गरेको आरोप छ । एकजना गाउँलेले शान्ति सुरक्षाभन्दा पनि दैनिक माग विधामा प्रसनि तल्लीन रहने गरेको आरोप लगाए ।
गाउँलेले पटेर्वासुगौली–१ मलोली टाँडीको एक होटलमा दैनिक जुवातास भइरहेको तर सो रोकथाममा प्रसनिले चासो नदेखाएको बताए । होटलका सञ्चालकसँग जुवातास खेलाउन छुट दिएबबापत आर्थिक सहयोग लिने गरेको आरोप छ । यसैगरी, राष्ट्रिय वन फँडानी रोकथामतर्फ प्रहरीले चासो नदिएको कारण यो क्षेत्रबाट पछिल्ला समयमा वन फँडानी बढेको छ ।
तर प्रसनि यावद भने आरोप निराधार रहेको बताउँछन् । उनले आफूविरुद्ध अफवाह फैलाएर बदनाम गराउने काम भएको भनी सफाइ दिए । उनले भने, “मैले कसैसँग केही मागेको छैन, आफ्नो कर्तव्यप्रति बफादार छु, कसैले आरोप प्रमाणित गर्छ भने जागीर छाडिदिन्छु ।”

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...