spot_img

20 March ,2026,Friday

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार अपरान्ह १:०० बजे माइतिघर मण्डलाबाट ऱ्याली निकालिने विश्व हिन्दू महासंघले एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराएको हो।
संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा रहेका बहुसंख्यक सनातनीहरूमाथि संकट आएको, देशको पहिचान, मौलिकता, स्वाभिमान गुम्दै गएको, नेताहरू सत्तालिप्सामा डुब्दै गएको, देशमा अन्याय, अत्याचार, दुराचार, भ्रस्टाचार, ढिलासुस्ती बढ्दै गएकोले त्यसको निराकरणको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनर्स्थापना रहेकोले सो ऱ्याली निकाल्न लागिएको विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले पत्रकार सम्मलेनमा जानकारी गराउनु भयो।
देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनु पर्ने मागसहित सम्पूर्ण देशभक्त नागरिकहरूको प्रत्यक्ष र परोक्ष सहयोगमा निकाल्न लागिएको सो ऱ्याली शान्तिपूर्ण रहने अध्यक्ष भण्डारीले बताउनु भयो।
सो पत्रकार सम्मेलनमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको विश्व हिन्दू महासंघले जानकारी दिएको थियो । सो पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले नेपाललाई एकताको प्रतीकका रुपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए । उनले विश्व हिन्दू महासंघले धर्मान्तरण विरुद्ध आयोजना गरेको कार्यलाई आफ्नो दलको पूर्ण समर्थन र साथ रहेको पनि बताए ।
महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र रहेको महासंघले सबैको विश्वास र साथ लिएर नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने अभियान सञ्चालन गर्ने उद्घोष पनि गर्नु भयो। धर्मान्तरण विरुध्द हुने प्रदर्शनमा देशभित्र र देशबाहिर रहेका सबैको समर्थन रहने विश्वास व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमाराष्ट्रिय महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष अरुण कुमार पाण्डे, नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपक आत्रेय, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र प्रसाद पौडेल, राप्रपाका महामन्त्री एवं प्रवक्ता सगुन सुन्दर लावतीलगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ऱ्याली सम्बन्धी पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष अस्मिता भण्डारी एवं राप्रपा प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले जवाफ दिनु भएको थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल