spot_img

12 February ,2026,Thursday

पाठेघर खस्ने समस्याका ११ कारण र रोकथामका ९ उपाय

वीरगंज, ५ असोज । पाठेघरलाई अड्याउने वरिपरिका मासंपेशी र तन्तुहरु कमजोर हुन गई पाठेघर आफ्नो ठाउँ भन्दा तल योनीसम्म वा योनिबाट बाहिर निस्कने अवस्थालाई पाठेघर वा आङ्ग खस्नु भनिन्छ।

यो समस्या नेपालको पहाडी तथा दुर्गम भेगका महिलाहरुमा धेरै हुने गरेको पाइएको छ।

पाठेघर वा आङ्ग खस्ने समस्याका कारणहरु
१.स्वास्थ्य संस्थामा प्रसूती नगराउनु।
२.बच्चा वा साल निकाल्न बेस्सरी पेट थिच्नु।
३.बच्चा जन्माउँदा पाठेघरको मुख पुरा नखुलिकन बल गर्नु।
४.सुत्केरी अवस्थामा गर्हौं भारी उठाउने र टुक्रुक्क बसेर काम गर्नु।
५.किशोरावस्थामा बच्चा जन्माउनु।
६.धेरै बच्चा जन्माउनु, गर्भान्तर दुई वर्षभन्दा कम राख्नु।
७.गर्भवती वा सुत्केरीले उचित पोषणयुक्त खाना र आराम नपाउनु।
८.धुम्रपान तथा मद्यपान गर्नु।
९.लामो समयसम्म खोकी लागिरहनु वा कब्जियत हुनु।
१०.गलत तरिकाले पटुका बाध्नु।
११.यौन तथा घरेलु हिंसाको सिकार भई प्रजनन् अंगमा प्रभाव पर्नु।

पाठेघर खस्ने समस्याका लक्षणहरु
१.योनीमा अप्ठ्यारो वा केही चिजरडल्लो बाहिर निस्किए जस्तो महसुस हुनु।
२.तल्लो पेट र योनी मार्गमा भारीमा महसुस हुनु।
३.खोक्दा, हाच्छिउँ गर्दा पिसाब चुहिनु र केही चिज योनिबाट बाहिर निस्किए जस्तो हुनु।
४.छिनछिनमा पिसाब लाग्नु र पिसाब थैली नरितिए जस्तो हुनु।
५.तल्लो पेट र ढाड दुख्नु।
६.यौन सम्पर्क गर्दा अप्ठ्यारो महसुस हुनु।
७.पिसाब वा दिशा गर्ने बेला योनिबाट निस्केको डल्लो हातले भित्र ठेल्नु पर्ने हुनु।
८.निस्किएको डल्लोमा घाउ भई पिप / रगत बग्नु।

पाठेघर खस्ने समस्याको रोकथाम
१.कम उमेरमा बच्चा नजन्माउने।
२.गर्भ निरोधक साधनको प्रयोग गरेर कम्तिमा दुई वर्ष गर्भान्तर राख्ने साथै धेरै बच्चा नजन्माउने।
३.गर्भवती र सुत्केरी अवस्थामा साग, गेडागुडी, दूध, फलफूल, अण्डा माछा मासु आदि पोषिलो खानेकुरा खाने।
४.स्वास्थ्य संस्थामा सुत्केरी गराउने।
५.गर्भवती र सुत्केरी अवस्थामा गह्रौं भारी नबोक्ने तथा पर्याप्त आराम गर्ने।
६.पेल्भिक व्यायाम तथा हल्का शारीरिक व्यायाम गर्ने।
७.धुम्रपान तथा मद्यपान नगर्ने।
८.पाठेघर खसेको शंका लागेमा स्वास्थ्य परीक्षणमा जाने।
९.लामो समयसम्म खोकी लाग्ने तथा कब्जियत भएमा परीक्षण गराउने।

पाठेघर खस्ने समस्याको उपचार
पेल्भिक व्यायाम :
पेल्भिक मांसपेशीलाई बलियो बनाउनका लागि योनी र योनी वरिपरिको मांसपेशी १० सेकेन्ड सम्म खुम्च्याउने र छोड्ने गर्नुपर्छ। यो प्रक्रिया १० पटकसम्म गर्नुपर्छ र दिनको ३ पटक कम्तीमा ३ महिनासम्म गर्नुपर्छ। यो व्यायाम सुत्दा, उठ्दा बस्दा जति बेला पनि गर्न सकिन्छ।

रिङ्ग पेसरी :
महिलाको योनी भित्र राखिने चुरा आकारको रिंगले पाठेघरलाई अड्याउछ। यो शल्यक्रिया गर्न नचाहने र अरु रोगको कारणले शल्यक्रिया गर्न नमिल्न महिलाको लागि उपयुक्त हुन्छ।

स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र रिङ्ग पेसरी राख्न सकिन्छ।

शल्यक्रिया :
बिरामीको अवस्था अनुसार चिकित्सकहरुले शल्यक्रिया गर्न सक्छन्। साभार – स्वास्थ्य खबर

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल