2 August ,2025,Saturday

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ ।
दशैंको शुभसाइत पारेर डा रामआवतर खेतानले भुमि पुजा गरी भवनको शिलान्यास गरेका हुन । लायन्स क्लबको १ करोड ३४ लाखको लागतमा दुर्ई तले भवनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लायन्स क्लबका संजय खेतानले बताए।
भवनको ठेक्का समीर कन्ट्रक्सनले लिएको जसमा ६ महिना भित्र काम पुरा गरि आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।
मानव सेवा आश्रमका अभिभावकत्व ग्रहण गरेका डा दिपक शाक्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवाल,समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गौतम, लायन्स विनोद खण्डेवाल, राजकुमार सिनधी, रामविहारी पाण्डे, प्याब्सन पर्साका सुशीला साह, पशुपति विक्रम शाह, उषा शाह, देवेश मानव सेवा लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...