19 December ,2025,Friday

हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह

काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ।
महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो।
बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्वार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीले नोभेम्बर २६, २०२४ मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरू श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भत्सना गरेको छ ।
घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको लागि बंगलादेश सरकारको ध्यानकर्षण गराउँछौँ। – विज्ञप्तिमा भनिएको छ।
त्यहाँ स्थित स्कोन मन्दिरका सञ्चालक समेत रहेका धर्म गुरू श्री चिन्मोय कृष्णदासलाई हिन्दु धर्मको अगुवाई गरेकै कारणले किन जेल चलान गरिएको हो ? यस विषयमा गम्भीर भई यथाशीघ्र गुरू चिन्मोयको रिहाइको लागि बंगलादेश सरकार समक्ष विश्व हिन्दु महासंघले जोडदार माग गरेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल