4 November ,2025,Tuesday

वीरगंजबाट तीस लाख भन्दा बढीको अवैध कपडा बरामद

वीरगंज, ३० मंसिर । वीरगंज महानगपालिका वडा नम्बर ६ स्थित महाबिर मन्दिर नजिक बाट ३० लाख रुपैयाँ भन्दा बढीको कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगंज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस, स्काफ १ हजार ७ सय २२ पिस, सल २ हजार ७ सय ६८ पिस, लेडिज ब्याग, साडी पिन, लङ कोट लगायत रहेका छन्। आज आइतबार सामानको ३० लाख ४९ हजार सात सय मुल्य कायम गरि आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइको छ।

पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डीएसपी रिजालको टोलीले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...