spot_img

30 April ,2026,Thursday

प्रेस चौतारी पर्साको पहिलो कार्यकालको अध्यक्षमा मिश्र र दोस्रोमा भण्डारी

वीरगंज, २६ माघ । प्रेस चौतारी पर्साको पहिलो कार्यकालको अध्यक्षमा निरंजन मिश्र र दोस्रोमा तुलसी भण्डारी गोला प्रथा गरि चयन भएका छन । शनिबार भएको निर्वाचनको अन्तिम मतगणनामा अध्यक्ष पदका दुई उम्मेदवार मिश्र र तुलसी भण्डारी दुवैले समान ४६ / ४६ मत पाएपछि बराबरी भएको थियो।

त्यसपछि चौतारीको विधान अनुसार दुवै जनाबीच आधा आधा कार्यकाल बाड्ने सहमति बमोजिम गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट पहिलो कार्यकालको अध्यक्षमा निरंजन मिश्र सफल भएका हुन् । दोस्रो कार्यकालको नेतृत्व तुल्सी भण्डारीले पाएको नेकपा एमाले पर्साका सचिव समेत रहेका महेश दासले वताए ।

यसैगरी नवनिर्वाचित समितिको उपाध्यक्षमा राजेन्द्र सिंह राजपुत, महिला उपाध्यक्ष लक्ष्मी खरेल, सचिवमा कृष्ण कुशवाहा, सह सचिवमा पानालाल प्रसाद साह, मन्सुर खान, कोषाध्यक्षमा सन्तोष पटेल विजयी भएका हुन् ।

यसैगरी समितिको सदस्यमा राजु बैठा, राम कुशवाहा, नविन कार्की, नितेश कुमार कर्ण, कृष्ण प्रसाद श्रीवास्तव, शैलेश गुप्ता, बिरेन्द्र साह, राजन कुमार सिंह, अर्जुन प्रसाद गुप्ता, बलिराम यादव, राजन बानिया विजयी भएका हुन् ।

यसैगरी केन्द्रिय परिषद सदस्यमा सुषमा शर्मा, किरण राज पाण्डे, संजिव कुमार मिश्र, आरसी यादव र प्रदेश परिषद सदस्यमा निलम पंत, शेखर छतकुली, युवराज खड्का, धर्मेन्द्र चौरसिया विजयी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल