21 November ,2025,Friday

नेशनल मेडिकल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न

वीरगंज,१५ फागुन । वीरगंज महानगरपालिका — १५ स्थित नेशनल मेडिकल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजको बार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रम बिहीबार औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको थियो । उक्त प्रतियोगितामा मेडिकल कलेजकै एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरुले भाग लिएका थिए।

नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जैनुदिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले खेलमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल वितरण गर्नुभएको थियो ।

मेडिकल कलेजका प्रिन्सिपल डा. के ऐन सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्राध्यापक डा. एके कौशी, डेन्टलका भाइस प्रिन्सिपल प्राध्यापक डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गंगा गुरुङ, नर्सिङका भाइस प्रिन्सिपल प्राध्यापक डा. बबिता सिंह लगायतको पनि उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...