spot_img

30 April ,2026,Thursday

प्रेस चौतारी पर्सा शाखाको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

वीरगंज, फागुन २८ । प्रेस चौतारी पर्सा शाखाको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष निरन्जन मिश्राको अध्यक्षतामा भएको होली मिलन कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । प्रेस चौतारी पर्सा शाखाको आयोजना गरेको होली मिलन कार्यक्रममा प्रेस चौतारी पर्सा शाखाका सदस्य देखि पदाधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रेस चौतारी पर्सा शाखाले आयोजना गरेको होली मिलन कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिव महेश दासले होलिको गित गाई माहोल रमणिय बनाउनुको साथै मनमा भएको रिस रागको अन्तयगरी एक आपसमा भाई चारालाई अटुट न हुने गरी कायम गर्नु पर्नेमा जोड दिएको बताए।

कार्यक्रमको बिषिष्ठ अतिथिको रुपमा पत्रकार माहासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार माहासंघ केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार माहासंघ पर्सा शाखाका पूर्व अध्यक्ष अनुप तिवारी, प्रेस चौतारी मधेश प्रदेश अध्यक्ष लालबाबु शेख अतिथिका रुपमा केन्द्रिय पार्सद आरसि यादव, प्रेस चौतारी मधेश प्रदेश सचिव श्याम कुश्वाहा, प्रेस चौतारी पर्सा शाखाका उपाध्यक्ष राजिन्द्र सिहँ राजपुत, कोषाध्यक्ष संतोष पटेल, स–सचिव पानालाल शाह लगायतको सहभागिता रहेको थियो ।

होलि मिलन कार्यक्रमको सहजिकरण प्रेस चौतारी पर्सा शाखाको सचिव कृष्ण कुश्वाहाले गर्नु भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल