28 June ,2025,Saturday

६८औं सहकारी दिवसको अवसरमा अस्पताल र बाल आश्रममा फलफुल वितरण

वीरगंज, २० चैत । ६८ औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा नारायणी क्षेत्रीय अस्पताल तथा बाल आश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।

नारायणी क्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वमा फलफुल वितरण गरियो। कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दास, डा.श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो तथा सञ्चालक सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, सहकारी दिवसको अवसरमा क्लबले बाल आश्रममा समेत फलफुल वितरण गरेको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...