वीरगंज, २५ चैत । शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गर्नु भएको छ । करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको पनि मन्त्री गुप्ताले बताए ।
पर्साको वीरगञ्जमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो १२ गते पछि सुरु हुने संसदमा तिनवटा बिधेयकहरु पारित हुने प्रतिब्द्धता व्यक्त गर्नु भएको छ ।
साथै नेपाल प्रहरीसंग सम्बन्धी बिधेयक पनि प्रस्तुत हुने उहाँको भनाई छ । सरकारले तिनवटै बिधेयक बहुमतले पारित गर्नेमा आफु पनि आशावादी रहेको मन्त्री गुप्ताले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले बिभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेकोले नेपाली जनताले त्यस्ता तत्वहरुलाई तह लगाउने चेतावनी पनि दिनु भयो ।
देशमा अहिले गलत कुराको प्रचार भईरहेको मन्त्री गुप्ताले बताए । जो राजाले आफनो परिवार बचाउँन सकेन्न उनले देश कसरी बचाउँने रु प्रश्न पनि गरे । उनले गणतन्त्रको बिकल्प नरेहेका पनि बताए ।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।
राजदरबार हत्याकाण्ड पछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समापन भएको तर्क गर्दै मन्त्री गुप्ताले भने, कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’