28 June ,2025,Saturday

बिधुत सुरक्षा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

वीरगंज, २६ चैत । नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्रले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बिधुत सुरक्षा दिवस प्रभातफेरी कार्यक्रम वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो ।

पावरहाउस चोकबाट सुरु भएको प्रभातफेरी मुर्ली हुँदै घण्टाघरसम्म पुगेपछि पुनः पावरहाउस चोकमै पुगी समापन गरिएको थियो। प्रभातफेरीमा सहभागीहरू बिधुत सुरक्षा सम्बन्धी चेतनामूलक सन्देश बोकेका थिए।

कार्यक्रममा बिधुत सुरक्षाका उपायहरू, उपकरणको सुरक्षित प्रयोग र बिधुत दुर्घटनाबाट कसरी जोगिने भन्ने विषयमा जनचेतना फैलाउने उद्देश्य सहित विशेष जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बिधुत सम्बन्धी सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरे।

नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झाले कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी गराएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...