29 June ,2025,Sunday

कतै तपाईं आफ्नै कारणले दुखी त बन्नुभएको छैन ? जान्नुहोस ८ कारण

एजेन्सी, २८ चैत । हामी आफैँ हाम्रो खुसीका सबैभन्दा ठूला शत्रु हुन सक्छौँ । हो कहिलेकाँही हामी आफैँले आफ्ना दुःख बढाइरहेका हुन्छौँ । खुसी हुनका लागि गर्नुपर्ने काम जब हामीले गर्दैनौ तब आफैले दुख निम्त्याउँछौँ । त्यस्ता ८ कारण बारे जानौँ, जसले तपाईंलाई नै आफ्नो खुसीको शत्रु बनाउँछन् ।
व्यायाम नगर्ने
शारीरिक गतिविधि शरीरको लागि मात्र होइन, मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ । व्यायाम गर्दा एन्डोर्फिन हर्मोन रिलिज हुन्छ, जसले तनाव कम गर्छ र मुड राम्रो बनाउँछ । यदि नियमित व्यायाम गर्नु हुन्न भने, यसै कारणले पनि तपाईं उदास महसुस गर्न सक्नुहुन्छ ।
सामाजिक सञ्जालमा तुलना गर्ने
सामाजिक सञ्जालमा हामी प्रायः अरूको जीवन हेरेर उनीहरूसँग तुलना गर्न थाल्छौँ । यो तुलनाले हामीलाई असन्तुष्टि र नकारात्मकतातर्फ धकेल्छ । यो याद राख्नु जरुरी छ कि सामाजिक सञ्जालमा देखाइएको जीवन एउटा सानो अंश मात्र हो, जुन वास्तविकता भन्दा फरक हुन सक्छ ।
सधैँ गल्तीहरू खोज्ने
आफ्नो गल्तीमाथि विचार गर्नु राम्रो हो, तर यदि तपाईं सधैँ आप्mनो वा अरूको कमजोरी मात्र हेर्नुहुन्छ भने, यसले तपाईंको आत्मसम्मानलाई कम गर्नेछ । आफूलाई माफ गर्नु र सिकेर अघि बढ्नु जरुरी छ ।
भविष्य वा बितेको समयको बारेमा धेरै सोच्ने
भविष्यको चिन्ता वा बितेको समयको पछुतोमा बाँच्नाले पनि तपाईंको वर्तमानको खुसी हरण गर्छ । जीवनको आनन्द लिनको लागि वर्तमानमा बाँच्नु जरुरी छ । माइन्डफुलनेस र मेडिटेसनले यसमा मद्दत गर्न सक्छन् ।
नकारात्मक व्यक्तिसँग रहँदा
वरिपरिका व्यक्तिले तपाईंको सोच र भावना प्रभावित गर्छन् । यदि तपाईं त्यस्ता व्यक्तिस“ग रहनुहुन्छ, जसले सधैँ नकारात्मक कुरा गर्छन् भने, यसले तपाईंको खुसी कम गर्न सक्छ । सकारात्मक र प्रेरित व्यक्तिसँग समय बिताउनु जरुरी छ ।
अनिश्चिततालाई स्वीकार नगर्ने
जीवनमा अनिश्चितता एउटा सत्य हो । यदि तपाईं हरेक कुरालाई नियन्त्रण गर्ने प्रयास गर्नुहुन्छ भने, यसले तनाव र चिन्ता दिनेछ । अनिश्चिततालाई स्वीकार गर्नु र जीवनका उतारचढाव बुझ्नुले तपाईंको खुसी बढाउन सक्छ ।
आफ्नो लागि समय ननिकाल्ने
आफ्नो काम र अरूको आवश्यकता हरूमा यति व्यस्त हुनु कि आप्mनो लागि समय नै नबच्ने, यसले तपाईंको खुसीलाई कम गर्न सक्छ । आफूसँग समय बिताउनु, आफूलाई मन पर्ने कुराहरू गर्नु र आराम गर्नु जरुरी छ ।
कृतज्ञता व्यक्त नगर्ने
जीवनमा सासाना कुराको लागि कृतज्ञता व्यक्त गर्नाले तपाईंको खुसी बढाउन सक्छ । यदि तपाईं सधैँ ती कुरामा ध्यान दिनुहुन्छ जुन तपाईंसँग छैनन्, यसले तपाईंलाई दुःखी बनाउन सक्छ । कृतज्ञता व्यक्त गर्ने बानीले तपाईंलाई सन्तुष्टि र खुसी दिन्छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...