22 July ,2025,Tuesday

वीरगंज महानगरले सार्वजनिक गर्यो नयाँ शैक्षिक क्यालेन्डर, २०८२ मा २३३ दिन विद्यालय खुल्ने

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

महानगरपालिका भित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एक रुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

महानगर प्रमुख राजेशमान सिंहले शुक्रबार एक कार्यक्रमका बीच शैक्षिक क्यालेन्डर सार्वजनिक गर्नु भएको हो ।

क्यालेन्डर अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा २३३ दिन विद्यालय खुल्नेछ । बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु भई सोही दिनबाट ८ दिनसम्म विद्यार्थी भर्ना अभियान संचालन हुने छ ।

यस्तै गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन लगायतका कार्यतालिका क्यालेन्डरमा समेटिएको छ ।

त्यस्तै जाडो विदा, अन्तिम मूल्याङ्कन, चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारीका विषयलाई समेत क्यालेन्डरमा समेटिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डर अनुरुप शैक्षिक गतिबिधि संचालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्याब्सन, एन—प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...