22 July ,2025,Tuesday

अवैध हतियार उद्योगमाथि प्रहरीको छापा, चार पक्राउ

वीरगंज, ५ वैशाख । नेपाल–भारत सीमावर्ती क्षेत्र भारत रक्सौल नजीकै रहेको सिरिसिया गाउँमा कुखुरा फार्मको आडमा सञ्चालित अवैध हतियार उद्योगमा भारतीय प्रहरीले छापा मारी अवैध हतियारलगायत सामग्री बरामद गर्नुको साथै चारजनालाई पक्राउ गरेको छ । मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातको आदेशमा उपप्रहरी अधीक्षक धीरेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रवार बिहान रक्सौल र रामगढवाको बीचमा पर्ने पलनवा थाना अन्तर्गतको सिरिसिया गाउँस्थित कुखुरा फार्ममा छापा मारेको थियो । १२ घण्टासम्म चलेको छापामारीमा कुखुरा फार्मभित्र अवैध हतियार उत्पादन गर्ने कारखाना प्रहरीले जनाएको छ । भारतीय प्रहरीले कन्ट्री मेड कार्बाइन १ थान, देसी पेस्तोल ३ थान, ९ एमएमको गोली ४३ थान, ३.१५ बोरको गोली ३१ थान, ७.६२ बोरको गोली ९ थान, खोखा २ थान, देसी सिक्सर पेस्तोल १ थान, अर्धनिर्मित पेस्तोल बडी ६ थान, स्लाइडिङ १९ थान, म्यागजिन २० थान, स्प्रिङ ६ थान, नेम पन्चिङ १०५ थान, ड्रिल मेसिन ३ थान, वेल्डिङ मेसिन १ थान र तरवार १ थान बरामद गरेको जनाएको छ । एसडिपीओ धीरेन्द्र कुमार, पलनवाका थानाध्यक्ष सीता केवट, भेलाही थानाध्यक्ष शाहरूख, रामगढवा थानाध्यक्ष अमरजीत कुमार, छपराको परसवा थानाध्यक्ष सुनील कुमारलगायतको प्रहरी टोलीले उक्त हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह र उनका बुबा राजेश्वर सिंहलाई नियन्त्रणमा लिएको छ । दुवैजनाको बयानका आधारमा छपरा र मुंगेरमा खटिएको भारतीय प्रहरीको विशेष टोलीले छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाई पनि पक्राउ गरेको एसपी स्वर्ण प्रभातले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...