21 July ,2025,Monday

महिलामाथि गोली प्रहार

लुम्बिनी, ६ वैशाखः रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि आज गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि आज बिहान अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ ।
घटनाको प्राम्भिक अनुसन्धानबाट भारतीय मुलको जस्तो देखिने व्यक्तिले गोली प्रहार गरी फरार भएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...