21 July ,2025,Monday

सशस्त्र प्रहरी देश र राष्ट्रको सुरक्षामा तत्पर– बाहिनीपति धौवजी

वीरगंज, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले सशस्त्र प्रहरी बलले देश र राष्ट्रको सुरक्षामा तत्पर रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले १८ औं स्थापना दिवसको अवसरमा “शान्ति, सुरक्षा र प्रतिबद्धता” नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सीमा क्षेत्रमा हुने अवैध चोरी, तस्करी नियन्त्रण तथा विपद् जोखिममा उद्धार र राहत वितरणमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गणले १८ वर्षको अवधिमा हासिल गरेका कार्यप्रगति र उपलब्धिहरूबारे जानकारी गराएका थिए । स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू र सहयोगी दाताहरूलाई, समाजसेवीहरू लाई कदरपत्रसहित सम्मान गरिएको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...