21 July ,2025,Monday

सिसी क्यामेरा सञ्जाल विस्तार अभियानमा बैंकहरूको आर्थिक सहयोग

वीरगंज, ८ वैशाख । महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरूले सोमवार १७ लाख ७५ हजार रुपियाँँ उपलब्ध गराएका छन् । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गर्नु भएको आहवान अनुरूप बैंकहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् । बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरूलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो । महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । क्यामेरा सञ्जाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैंकहरू धन्यवादको पात्र रहेको भन्दै यो कार्यमा सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । सिसि क्यामेरा सञ्जाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैंकहरूबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले जानकारी दिनुभयो । सबै भन्दा बढी नबिल बैंकले ३ लाख रुपियाँँ सहयोग गरेको उपलब्ध गराएको छ । सोमवार एक कार्यक्रमकाबीच बैंकहरूले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...