22 December ,2025,Monday

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ३२ जनाद्वारा रक्तदान

वीरगंज, १३ वैशाख । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर वीरगंजमा आज शनिबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले घण्टाघर चोकमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताका अनुसार रक्तदान गर्नेहरूमा सरुना नेसा, बलराम प्रसाद, सुरज प्रताप साह, राजेश साह, विकेश सिंह, छुनीलाल चौधरी, कृष्ण पुडासैनी, श्रीराम यादव, मुकेश सहनी, सन्देश कुमार, राजेन्द्र भट्टराई लगायत रहेका थिए।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेशका अध्यक्ष केदार देवको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका मधेस प्रदेशका सह–इन्चार्ज अर्जुन चिमोरिया प्रमुख अतिथि थिए। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रृजकिशोर पटेल, प्रभाकर गुप्ता, बेनि प्रसाद तिमल्सिना, कृष्ण प्रसाद पुडासैनी लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल