20 July ,2025,Sunday

बालक हत्याको आरोपमा चारजना पक्राउ

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो । त्यसैगरी मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका–४ का विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेजवाला अनिल साहलाई पनि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कृष्णप्रसाद यादव गत वैशाख ६ गते बीआर०५डब्लू०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्केका थिए । तर, उनी घर नफर्केपछि ९ गते प्रहरी कार्यालय गरूडामा खोजतलासका लागि परिवारले निवेदन दिएको थियो । प्रहरीले खोजतलास गर्दा ११ गते रौतहटको गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा छाती र पेटमा गोली लागेको अवस्थामा यादवको शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको थियो । नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यो विषयमा आफ्नो भतिजीलाई मारेको भनेर सहनीको परिवारको आरोप लगाएको थियो । यसैगरी, ३ वर्षअघि मृतक यादवको बुबालाई अपहरण गरेको भनेर नागेन्द्र सहनीको दाइ धर्मेन्द्र सहनीमाथि अपहरण मुद्दा चलेको थियो । उनी हालसम्म फरार रहेका छन् । प्रहरीका अनुसार घटनाको दिन नागेन्द्र र साधुले टिकटक बनाउनको लागि मृतक यादवलाई मोबाइलमा फोन गरी गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा बोलाएका थिए । यादव त्यहाँ पुगेपछि दुर्ई जना मिलेर उनलाई नियन्त्रणमा लिई उनको मोबाइल खोसेका थिए । त्यसपछि सोही मोटरसाइकलमा तीनै जना बसी बिचमा यादवलाई बसाएर चाँदी खोलामा पुगेका थिए । घटनास्थलमा पुगेपछि साधुले मृतक यादवलाई धकेली लडाएका थिए र नागेन्द्रले उनीमाथि छातीमा २ राउण्ड गोली प्रहार गरेका थिए । वारदातपछि दुवै प्रतिवादीहरू मृतककै मोटरसाइकल लिएर साधुको रौतहटकै दुर्गा भगवती गाउँँपालिका–५ स्थित बहिनी ज्वाइँको घरसम्म पुगेका थिए । उनीहरूले सो घरभित्र टिनको बाकसमा पेस्तोल लुकाएका थिए भने मोटरसाइकलको नम्बर प्लेट भाँची माटोमा गाडेर मोटरसाइकल भने सोही घरमा छाडेका थिए । त्यसपछि भोलिपल्ट बिहान दुवै जना पुनः बहिनी ज्वाइँको घरमा पुगेर मोटरसाइकल लिई विकास पटेललाई ५ हजार रुपियाँँमा बेचेका थिए । सो मोटरसाइकल गौरको मोटरसाइकलबाट बरामद गरिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ४ जनामाथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...