22 December ,2025,Monday

लागुऔषध सहित दुईजना पक्राउ

वीरगंज, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । भारत, बिहार राज्यको मोतिहारी जिल्ला ग्राम अरेराज मलाही ११ बस्ने २३ वर्षीय नितेश कुमार ठाकुर र पर्साको वीरगंज महानगरपालिका वडा नं १६ बस्ने २६ वर्षीय सिद्धान्त पटेललाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंजमा बिआर ०५ बिए ४८१७ नम्बरको भारतीय नं.को कार पछाडिको सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई लैजादै गरेको २ हजार ९ सय ६५ पत्ता (२९ हजार ६ सय ५० पिस) ट्रमाडोल हाईड्रो क्लोराइड क्याप्सुल बरामद गरिएका प्रवक्ता पण्डितले बताए । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल