19 July ,2025,Saturday

खुद्रा व्यापारीको समस्याबारे वीउवासंघमा छलफल

वीरगंज, १६ बैशाख । वीरगंज उद्योग वाणिज्य संघले खुद्रा व्यापारी र व्यवसायीहरूसँग मंगलवार छलफल गरेको छ । वीउवा संघको सभाहलमा आयोजना गरिएको बैठकमा खुद्रा व्यापारीहरुको समस्याबारे छलफल गरिएको थियो । छलफलमा खुद्रा व्यवसायीहरूले भन्सार प्रक्रियाको जटिलता, बजारमा अनियमित प्रतिस्पर्धा, कर प्रशासनसँगको द्वन्द्व लगायतका विविध विषयहरू उठाएका थिए । संघका पदाधिकारीहरूले व्यवसायीहरूका गुनासोहरूप्रति आवश्यक पहल गर्ने बताएका छन् । खुद्रा व्यवसाय समिति संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रूंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यहरू तथा वीरगंजका विभिन्न क्षेत्रका खुद्रा व्यवसायीहरूको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...