31 December ,2025,Wednesday

साह अपहरणमुक्त, नाबालकसहित चारजना पक्राउ

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा एकजना नाबालकसहित चार जना पक्राउ गरेको जनाएको छ । जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई वैशाख १६ गते राति ९ः४५ बजे वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीबाट प्रहरीले उद्धार गरेको थियो । साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा प्रहरीले वीरगंज म.न.पा.वडा नं.१२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता, वर्ष २५ को राजन गुप्ता, जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एकजना नाबालकलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका चारैजनालाई पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल