19 July ,2025,Saturday

मधेस प्रदेशको विकासका लागि काम अघि बढाएका छौं : मन्त्री गुप्ता

वीरगंज, १८ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मधेस प्रदेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।

नेकपा एमाले वीरगन्ज महानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई आज विरगंजको क्लासिक होटलमा सम्बोधन गर्दै मन्त्री गुप्ताले सो कुरा बताएका हुन् ।

मन्त्री गुप्ताले नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले मधेस प्रदेशको विकासका लागि बनाएको खाकाको आधारमा सरकारले चाँडै विकाशको काम सुरु गरी विकसित मधेस प्रदेश बनाउने तर्फ लागेको बताए ।

मधेस प्रदेशको हक अधिकारका लागि पनि सरकार दृढतापूर्वक भूमिका निर्वाह गरिरहेको छ । मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गर्ने उनले बताए । उनले भने, दुई कार्यकाल सत्तासीन भएको मधेशी दलले समग्र मधेसको विकासमा ध्यान दिएन । जसको कारण मधेस प्रदेशको विकासको सपना तुहिएको हो।’

तराईको भौतिक विकास मात्र होइन सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको मन्त्री गुप्ताको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...