28 June ,2025,Saturday

पोखरिया १ मा छठघाट तथा रामजान्की मन्दिरमा बाउंड्रीवालको मंत्री जयसवाल र नगर प्रमुख चौहान द्वारा शिलन्यास सम्पन्न

शैलेश गुप्ता पोखरिया, २० बैशाख । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा स्थित छठघाट तथा रामजानकी मन्दिरको बाउंड्रीवालको एक कार्यक्रमका बिच मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मंत्री प्रमोद जैशवाल र पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले संयुक्त शिलन्यास गरेका हुन।

मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मंत्रालयको रु २५ लाखको लागतमा निर्माण हुन लागेका बाउंड्री वालको काम स्टीमेटको अनुसार गुणस्तरीय गर्न उपभोक्ता समिति तथा ठेकेदारलाई मंत्री जयसवालले निर्देशन दिदै बाउंड्री वालको कामलाई निगरानी गर्न स्थानीयहरुलाई मंत्री जयसवालले आग्रह पनी गरेका हुन।

वडा नम्बर १ को वडा अध्यक्ष प्रमोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खेलकूद तथा समाज कल्याण मंत्रालयको मंत्री प्रमोद जायसवाल, विशिष्ट अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उपप्रमुख रूबी कुमारी ठाकुर, कार्यपालिका सदस्य राधा साह कानु, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विंध्याचल ठाकुर, सचिव संतोष गिरी, नेता राजनारयण कुर्मी, समाज सेवी दीपक ठाकुर, वडा सदस्य स्थानीय समाज सेवी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...