14 December ,2025,Sunday

दुई युवतीलाई भारत लैजाने युवक सीमा नाकाबाट पक्राउ

वीरगंज, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको एक जना युवकलाई पक्राउ गरेको छ । वैशाख २२ गते ६ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट सडकखण्डमा प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत जाँदै गरेका २ जना युवती र एकजना युवकलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवतीहरूको साथैमा रहेका जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं.२ बस्ने वर्ष २४ को रोजन भुजेलले हेटौडा तथा वीरगंजको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारत लैजाँदै गरेको प्रहरीको दावी छ ।
प्रहरीले रोजन भुजेललाई नियन्त्रणमा लिइ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।